रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन

बुटवल : रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । पन्तको आइतबार राति सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।

६६ वर्षीय पन्त २ वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेकामा केही समयदेखि घरमै रहेका र आइतबार राति निधन भएको उनका सहोदार भाइ रवि पन्तले बताए ।

Dengue

इमेज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरेका पन्त पछिल्ला वर्षहरुमा लुम्बिनीको प्रचारप्रसारमा लागेका थिए । उनले अमेरिका लगायत विभिन्न देशमा पुगेर लुम्बिनीका मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति दीप लगायतका फोटो प्रदर्शन गर्दै प्रचार गर्ने गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार