जीप दुर्घटनामा घाइते पुरूषको उपचारका क्रममा मृत्यु

काठमाडौं : दाङमा जीप दुर्घटनामा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा सल्यानको त्रिवेणी गाउँपालिका-३ टाड्केका ४६ वर्षीय यमबहादुर केसीको उपचारका क्रममा मृत्यु भएको हो। उनको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

Dengue

टाउको र छातिमा गम्भीर चोट पटक लागेका उनलाई उपचारका क्रममा गएराति करिब पौने ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

आइतबार बेलुकी साढे ७ बजेतिर तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आफै अनियन्त्रित भइ शान्तिनगर गाउँपालिका – १ हाँडीचारमा दुर्घटना भएको थियो।

दुर्घटनामा सात जना घाइते भएका थिए। बाँकी ६ जनाको उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार