सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज शपथ लिँदै

धनगढी : चार महिनामै सरकारको नेतृत्वमा फर्किएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिँदैछन् ।

आइतबार दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमबार अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

Dengue

सुदूरपश्चिममा आजै मन्त्रिपरिषदलाई पनि पूर्णता दिने तयारी गरिएको छ । मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ ग्रहण गराउने तयारी रहेकाले शपथ ग्रहण कार्यक्रम केही ढिला राखिएको एक सांसदले जानकारी दिएका छन् । उनका अनुसार कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लागिसकेको छ ।

सात सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिने गरी भागबण्डा टुंगिसकेको उनले जानकारी दिएका छन् । दलहरूले मन्त्रीको नाम टुंगो लगाएपछि आजै मुख्यमन्त्रीसँगै उनीहरूको पनि शपथ ग्रहण गराउने तयारी रहेको ती सांसदले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार