काभा नेशन्स वुमन्स लिगमा आज नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ : काभा नेशन्स वुमन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ।

प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदै छन्। पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलंका तथा दोस्रो खेलमा अपराह्न ३ बजे नेपाल र मालदिभ्स प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलपछि मात्रै सेमिफाइलनमा कससँग कसको प्रतिस्पर्धा भन्ने टुंगो लाग्नेछ।

Dengue

नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन्। मालदिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

लिग चरणका चारै खेल खेलिसकेको इरानको सात अंक छ। त्यस्तै, तीन खेल खेलेको भारतको पनि सातै अंक छ। तीन खेल खेलेको नेपालको ६ अंक छ भने श्रीलंकाको चार अंक छ। मालदिभ्सले अंक जोड्न सकेको छैन।

अंकतालिकाको शीर्षस्थानमा रहेको र चौथो स्थानको तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच प्रतिस्पर्धा हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार