हैजा र डेंगीको सङ्क्रमण बढ्दै, सावधानी अपनाउन डाक्टरहरुको आग्रह

काठमाण्डौ : देशका विभिन्न ठाउँमा हैजा र डेंगीको सङ्क्रमण बढ्दै गएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार अहिलेसम्म पाँच जिल्लामा हैजा र ७३ जिल्लामा डेंगी सङ्क्रमण फैलिएको पुष्टि छ ।

दुवै रोगको सङ्क्रमण काठमाण्डौ उपत्यकामा सबैभन्दा बढी देखिएको छ । दुई हप्ताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लाका २७ जनामा पुष्टि भएको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार ललितपुरमा १६ र काठमाण्डौमा एक गरी काठमाण्डौ उपत्यकामा १७ जना, कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ ।

Dengue

महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्छ ।

सङ्क्रमण बढ्दै जाँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुन सक्ने लक्षण देखिन्छ । डाक्टरहरुकाअनुसार हैजाबाट बच्न खानेपानीमा विशेष सावधानी अपनाउनु पर्छ ।

खानेपानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न, दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन डाक्टरहरुले आग्रह गर्दै आएका छन् ।

यस्तै हैजा लागेको व्यक्तिले प्रयोग गरेको धारा, पानी, खानेकुरा जस्ता वस्तु अर्को व्यक्तिले प्रयोग गरेमा हैजा सर्ने भएकाले बिरामीको हेरचाह गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्छ । 

यस्तै मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पामा बाहेक ७३ जिल्लाका दुई हजार भन्दा धेरैलाई डेंगी सङ्क्रमण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो वर्ष पनि डेंगी उच्च दरमा फैलिन सक्ने जोखिम भएकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

डेंगी भाइरस एडिस जातको लामखुट्टेमार्फत फैलने गर्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जीउ अत्यधिक दुख्ने डेंगीका मुख्य लक्षण हुन् । डेंगी लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार