कैलाली : कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले दोधारा अस्पताललाई औषधी हस्तान्तरण गरेका छन् । उनले सङ्घीय सरकारबाट ४१ लाख ५० हजारको औजार, सामग्री तथा औषधी अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
अस्पताल सञ्चालनका लागि उपकरण, सामग्री तथा औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले १५ शय्या क्षमतामा अस्पताल सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्