बाङ्ग्लादेशमा पुनः चर्किएको, सरकार विरोधी प्रदर्शनका क्रममा १४ जनाको मृत्यु

एजेन्सी : बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार मात्रै कम्तीमा १४ जनाको मृत्यु भएपछि सरकारले अनिश्चितकालीन कर्फ्यू लगाएको छ।

गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर आइतवार साँझ ६ बजेबाट कर्फ्यू घोषणा गरेको हो।

Dengue

गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरहरूका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ।

यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राती नौ बजेसम्म खुकुलो बनाइएको थियो।

तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुन: कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन्।

प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्।

प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानहरूमा अश्रुग्याँस र रबरको गोली चलाएको छ।

आइतवारको प्रदर्शनका क्रममा अन्य कैयौँ मानिसहरू घाइते भएको विवरण आएका छन्।

राजधानी ढाकाको मुख्य चोकमा हजारौँ मानिसहरू भेला भएका छन्।

सहरका अन्य भागमा पनि हिंसात्मक घटनाहरू भएको विवरण आएका छन्।

सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्।

केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सडकमा उत्रिएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार