पछिल्लो समयमा कैलालीको वन क्षेत्र घट्दै

गोदावरी : पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ । व्यक्ति विशेष, मुक्त कमैया, बाढीपीडित, सुकुम्बासी, पहिरोपीडितका नाममा तथा संस्थागत रूपमा वन क्षेत्र अतिक्रमण हुन थालेपछि वनको क्षेत्रफल घट्दै जान थालेको हो ।

बढ्दो वन अतिक्रणसँगै विभिन्न नाममा बर्सेनि कैलालीको वनको क्षेत्र घट्दै जान थालेपछि तराईमा बाढी र डुबानको खतरा बढ्दै गएको छ । कैलालीका १३ स्थानीय तहका विभिन्न स्थानमा वन अतिक्रमणगरी घरटहरा निर्माण भइरहे पनि डिभिजन वन कार्यालयले अतिक्रमण हटाउन चासो दिएको छैन । 

Dengue

हरेक वर्ष जिल्लामा भइरहको अतिक्रमण हटाउन कार्ययोजना बनाएर बजेट विनियोजन गरिए पनि सो काम अघि बढ्न नसकेकामा संरक्षणर्मीले चिन्ता व्यक्त गर्दै आएका छन् । जिल्लाका गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाको फूलबारी, कैलारी गाउँपालिकाको वसन्ता वनक्षेत्र, भजनी नगरपालिकालगायतका क्षेत्रमा वन अतिक्रमण गरी घरटहरा निर्माण गर्ने क्रम बढ्दै गएको जनाइएको छ ।

कैलालीमा सबैभन्दा बढी वसन्ता वनक्षेत्र बाढीपीडितका नाममा अतिक्रमणको चपेटामा परेको छ । वसन्ता क्षेत्रमा बाढीपीडितका नाममा हुलाकी मार्ग किनारमा वन अतिक्रमण गरी घरटहरा निर्माण गरिएका छन् । वन अतिक्रमणले वसन्ता जैविकमार्गको ‘कनेक्टीभिटी’ जोखिममा पर्नुका साथै वन क्षेत्र खण्डित भइरहेकाले वन्यजन्तुको बासस्थान विनाश भइरहेको, अवैध चोरी निकासी–तस्करी र शिकारलगायतका क्रियाकलापले वन संरक्षणमा चुनौती थपिएको डिभिजन वन कार्यालय धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । 

उहाँले वन अतिक्रमण हटाउन वन कार्यालयको एक्लो प्रयासले मात्र सम्भव नभएकाले राजनीतिक दलहरुको प्रतिबद्धतासहित सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताउनुभयो । कैलालीमा कूल क्षेत्रफलको दुई लाख पाँच हजार नौ सय ३९ हेक्टर वन रहेको छ । तराई र भावर क्षेत्रमा एक हजार नौ सय ३१ वर्गकिलोमिटर तथा चुरे क्षेत्रमा एक हजार तीन सय तीन दशमलव सात वर्ग किलोमिटर वन रहेको तथ्याङ्क छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार