कैलालीको गोदावरी नगरपालिकाले कुखुरामा लगाएको कर खारेज गर्न माग

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले कुखुरा निकासीमा लगाएको कर खारेज माग गरिएको छ । आइतबार गोदावरी नगरपालिका कुखुरा व्यवसायी संघ र कञ्चनपुर जिल्ला कुखुरा दाना तथा चल्ला संघले नगरप्रमुखको ध्यानाकर्षण गराउँदै कर खारेजीको माग गरेका हुन ।

उनीहरूले नगरपालिकाले लगाएको दर भाउ परिमार्जन तथा खारेजीको माग गर्दै कर उठाउँदै आएको सोनी कन्स्ट्रक्सन सँगको सम्झौता पनि खारेज गर्न माग गरेका छन् ।

Dengue

हाल गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षको लागि कृषि तथा पशुजन्य बस्तुको निकासी सम्बन्धी कर संकलनका लागि सोनी कन्स्ट्रक्सन सँगै सम्झौता गरेको छ ।

नगरपालिकाका लेखा अधिकृत खगेन्द्र प्रसाद चौधरीले कर संकलनका लागि सोनी कन्स्ट्रक्सन सँग भ्याट बाहेक १० लाखमा ठेक्का सम्झौता भएको बताए ।

जसअनुसार माछा प्रतिकिलो १०, कुखुरा प्रति गोटा १०, तरकारी तथा फलफूलजन्य पदार्थमा प्रति क्युन्टेल १५, खसी, भेडा, बाख्रा, सुँगुर प्रति गोटा ३५ र राँगा, भैँसी, प्रति गोटा ३ सय तोकिएको छ ।

गोदावरी नगरपालिका कुखुरा व्यवसायी संघका अध्यक्ष हरि बहादुर ओलीले नेपाल भरीमा कहीँ पनि लागू नभएको कर गोदावरी नगरपालिकाले लगाएको बताए । ‘कुखुरामा नेपाल अधिराज्यभर कहीँ पनि कर लागु भएको छैन’ उनले भने ‘हामी त्यतिकै मारमा छौ । व्यवसाय धराशायी छ । किसानले फर्म दर्ता गरेबापत पनि कर तिरेकै छ । चल्लामा पनि कर तिरेको छ । दानामा पनि कर तिरेको छ । फेरी उत्पादन गरेर पनि कर तिर्नुपर्ने स्थिति बनाइएको छ ।’

उनले कुखुरा धान, गहुँ जस्तो उत्पादन भएकाले यसमा कर लिन नहुने तर्क गरे । उनले करमा पनि भ्याट लिएकाले त्यो रोक्न आफूहरूले विरोध गरेको बताए । नगरप्रमुखले कर खारेज गर्ने आश्वासन दिएको बताउँदै कर खारेर नभए फेरी आन्दोलनका कार्यक्रम गर्ने उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार