नाला तर्ने क्रममा बगेर एक जनाको मृत्यु

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकास्थित सुकटी नालामा डाइभर्सनबाट नाला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ । 

वडा ८ र १ जोड्ने स्थानमा नवदुर्गा मन्दिरनजिक बनाइएको डाइभर्सनबाट नाला तर्नेक्रममा बगेर वडा ८ का २७ वर्षीय पङ्कज लाभको ज्यान गएको हो । सो ठाउँमा पुल निर्माण भइरहेकाले आवत–जावतका लागि डाइभर्सन बनाइएको छ । डाइर्भसनमा राखिएकोमध्ये केही ह्युमपाइप बाढीले बगाएको छ । 

Dengue

डाइभर्सनबाट नाला तर्नेक्रममा बगेर बेपत्ता भएका लाभ मृत अवस्थामा फेला परेको वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीले जानकारी दिनुभयो । उहाँले दुई वडाका स्थानीयसहित धनगढी माविका विद्यार्थी सोही डाइभर्सन भएर नाला तर्ने गरेकाले डाइभर्सनलाई व्यवस्थित गर्न नगर प्रमुख गोपाल हमालको ध्यानाकर्षण गराउनु भएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार