गेस्टहाउसमा मृत फेला परेका युवायुवती दाजुवहिनी भएपनि उनीहरुको सम्वन्ध शंकास्पद रहेको खुलासा

काठमाण्डौँ : काठमाण्डौँको सिनामंगलस्थित झर्ना गेष्ट हाउसमा मृत फेला परेका युवायुवती नजिकका दाजुवहिनी भएपनि उनीहरुको सम्वन्ध भने शंकास्पद रहेको खुलेको छ।

बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र २० वर्षकी करिस्मा सार्की काठमाडौँ महानगरपालिका ९ शम्भुमार्गस्थित झर्ना गेस्टहाउसमा मृत फेला परेका थिए। १५ साउनदेखि गेस्टहाउसको कोठा नम्बर २०४ मा रहेका उनीहरु शुक्रबार विहान खान खान ननिस्किएपछि उनीहरुको खोजी सुरु भएको थियो।

Seti Hospital

गेष्ट हाउसका कर्मचारीले बोलाउँदा नआएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले ढोका फोडेर हेर्दा उनीहरू दुवै जना मृत अवस्थामा थिए। करिस्मा घाँटी काटिएको थियो भने भरत झुण्डिएको अवस्थामा फेला परेका थिए।

जानकारी अनुसार गाउँकै विद्यालयमा एसईई र धनगढीमा कक्षा ११ र १२ पढेकी करिस्मा आफ्ना ६ र १२ कक्षा पढ्ने दुई जना भाइसँग काठमाडौंमा बस्दै आएकी थिईन। उनलाई यसै वर्ष अमेरिकाको डीभी पनि परेको छ। उनका बुबा अम्मरबहादुर सार्की रोजगारीका लागि मलेसियामा छन्। आमा उपचार गराउन असार अन्तिममा भारत गएकी थिइन्।

स्थानीयका अनुसार भरत भने करिब चार वर्ष पहिले मुम्बई गएपछि गाउँ फर्किएका थिएनन्। अहिले उनी काठमाडौँ आएको पनि परिवारलाई जानकारी छैन। गाउँमा उनीहरुको घर तल्लो घर–माथ्लो घर हो। दाजु वहिनी भएपनि धेरै नजिक भएको चर्चा चलेपछि परिवारका सदस्यले उनीहरुलाई सम्झाई वुझाई गरेका थिए। त्यसपछि घर छोडेका भरत गाउँ फर्किएका थिएन। अहिले काठमाण्डौँमा दुवै जना मृत फेला परेपछि गाउँले र आफन्त आश्चर्यमा परेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार