सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै

काठमाडौं : सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउन लागेको हो ।

त्यसका लागि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए । केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोहीअनुसार आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ ।

Dengue

उक्त दाबीमा एमालेले पनि समर्थन गर्नेछ । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ सांसद छन् ।

मुख्यमन्त्रीमा कांग्रेसबाट संसदीय दलका नेता कांग्रेसबाट कमलबहादुर शाहले दाबी पेस गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि सुदूरपश्चिममा अन्य आकांक्षी पछि हटेका हुन् ।

सुदूरपश्चिमको नेतृत्व कांग्रेसले पाउने भएदेखि नै पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका भतिजो प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीको आकांक्षा देखाएका थिए । त्यसबारे औपचारिक निर्णय गर्न कांग्रेसले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार