पुरुष तर्फको भलिबल खेलमा नेपाल माल्दिभ्ससँग फाइनलमा पराजित

काठमाडौं : भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष तर्फको खेलमा नेपाल माल्दिभ्ससँग फाइनलमा पराजित भएको छ।

भुटानको राजधानी थिम्पुमा शनिबार भएको फाइनल खेलमा नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी माल्दिभ्सको ‘ए’ टोलीसँग सोझो सेटमा पराजित भयो।

Dengue

माल्दिभ्स ‘ए’ ले नेपाललाई २१-१९, २१-१७ ले पराजित गरेको थियो। नेपालको यहि जोडीले दुई वर्षअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा पनि रजत पदक जितेको थियो।

नेपालले यहि प्रतियोगितामा महिला तर्फ भने शनिबारै उज्वेकिस्तान ए टिमलाई सोझो सेटमा हराएर उपाधि जितेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार