कञ्चनपुरमा ड्रोनको सहायताले बाघको खोजी कार्य सुरु

धनगढी : कञ्चनपुरको दोधार चाँदनीमा   स्थानीयले बाघ देखिएको भनिएको ठाउँमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोलीले खोजी कार्य सुरु गरेको छ ।

बुधवार देखि दोधार चाँदनी  नगरपालिका –२ मा देखिएको नरभक्षी बाघलाई शुक्रवार बिहान नियन्त्रण लिई  बर्दिया राष्ट्रिय निकुञ्जमा पुगाइसकेपछि साँझ पुनः बाघ जस्तै जनावर देखिएपछि उक्त क्षेत्रमा ड्रोनको सहायताले खोजी कार्य सुरु गरिएको हो ।

Dengue

शुक्रवार राती मात्रै दोधरा चाँदनी –३  जमुना घाडिमा ३ बाख्रा मरेको पाइएको स्थानीयले बताए । बिहीबार दोधार चाँदनी नगरपालिका –२ कमलशा टोलमा बाघको आक्रमणमा परि सोही  ठाउँकी २६ वर्षीय हिरा शाहको ज्यान गएको थियो ।

सोही ठाउँमा शुक्रवार राति फेरि बाघजस्तै जनावर देखेको स्थानीयले बताएका छन्। राति प्रहरीले घरबाहिर ननिस्किन सो क्षेत्रमा माइकिङ गरेको थियो। बाघजस्तो शङ्कास्पद जनावर देखिएको भनिएको ठाउँमा पाडो पनि बाँधिएको थियो। तर त्यो सकुशल छ।

स्थानीयले भने अनुसारको ठाउँमा खोजीका लागि निकुञ्ज टोली पुगिसकेको शुक्लाफाँटा निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए ।

‘बाघ देखिएको भनेको ठाउँमा अवलोकन गरिरहेका छौँ , बाघ हो य अन्य जनावर हो भन्ने यकिन छैन’ सूचना अधिकारी ऐरले भने  ‘दुई बाघ एकै ठाउँमा बस्दैनन्। बाघले सिकार गर्न परे आहारा पुग्ने गरी ठुलो जनावरको गर्छ। ’

चितुवा बस्ती किनार रहने भएकोले  सानै सिकारले गर्ने चितुवा नै हुन सक्ने ऐरले बताए । ‘स्थानीय त्रसित छन् । हामी सतर्क छौ । अहिले नै बाघ , चितुवा वा अन्य जनावर हो भन्ने यकिन छैन । खोजी गरिरहेका छौ’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार