एजेन्सी : भारत र श्रीलङ्काबीचको पहिलो एकदिवसीय खेल बराबरीमा सकिएको छ । कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट मैदानमा हिजो भएको पहिलो खेल बराबरीमा सकिएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली श्रीलङ्काले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारत ४७ ओभर ५ बलमा २ सय ३० रन बनाउँदा अल आउट भयो ।
भारतका कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाए । अक्षर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५ रन जोडे ।
प्रतिक्रिया दिनुहोस्