पैदल यात्रु र विद्यार्थीहरुलाई जनचेतना जोगाउने कार्यक्रम सञ्चालन

हुम्ला : ट्राफिक प्रहरीले सडकमै राखेर पैदल यात्रु र विद्यार्थीहरुलाई जनचेतना जोगाउने कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना कम गराउन र पैदल यात्रुहरुलाई ट्राफिक नियमबारे अभिमुखीकरण गर्न नेपाल विद्यार्थी संघले सो कार्यक्रमको सञ्चालन गरेको हो ।

ट्राफिक प्रहरी हबल्दार चन्द्रबहादुर डाँगीले विद्यालयका विद्यार्थीहरु र अन्य पैदल यात्रुलाई सडकमै राखेर ट्राफिक नियमका साथै जेब्राक्रसिङबारे जानकारी दिने कार्य गर्नुभयो । सबैलाई ट्राफिक नियमबारे जानकारी नभएका कारण त्यसबारे जनचेतना जोगाउनु आवश्यक रहेको बेला नेविसंघले यो कार्यक्रम आयोजना गरेको हो ।

Dengue

नेविसंघ केन्द्रीय सदस्य नरबहादुर भण्डारीले कसरी जेब्राक्रस गर्ने र यसका फाइदाबारे पनि जानकारी दिने कार्य ट्राफिक प्रहरीबाट भएको बताउनुभयो  । यसैगरी, कार्यक्रममा गाडीमा सीट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने नियमबारे पनि जानकारी गरिएको थियो । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा यातायातका साधनहरु गुड्ने क्रम बाक्लिदै गएको बेला ट्राफिक नियमबारे जानकारी दिन आवश्यक रहेको छ ।

सो कार्यक्रममा विद्यार्थी र पैदल यात्रुहरुले राखेको जिज्ञासाको जवफा ट्राफिक हबल्दार डाँगीले दिनुभयो । कार्यक्रमका कांग्रेस कावा सभापति कैलाश भण्डारी, उपसभापति बसन्त रोकाया, सचिव कृष्णबहादुर बोहरा, कोषाध्यक्ष बबिता शाही लगाएतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार