अटोसहित २ जनालाई खोलाले बगायो, ३ जना सकुशल

तुलसीपुर : दाङमा अटोमा चढेका ५ जनामध्ये २ जनालाई खोलाले बगाएको छ ।

शुक्रबार साँझ साढे ७ बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुईजना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।

Dengue

तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो । अटोमा सवार ५ जनामध्ये ३ जना सकुशल रहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । अहिले वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार