डोटीमा बँदेल मार्ने गएका अमरको गोली लागेर मृत्यु !!

डोटी : डोटीमा जंगली जनावर बँदेल मार्न गएको समूहका एक जनाको गोली लागेर मुत्यु भएको छ । मृत्यु हुनेमा डोटीको पुर्वीचौकी गाउँपालिका-६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाका अनुसार थापाको गोली लागेर घटनास्थलमै ज्यान गएको थियो । प्रहरीले शिकार खेल्ने समूहका दुई जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।

Dengue

पक्राउ पर्नेहरूमा पूर्वीचौकी-६ का ३३ वर्षीय राम बहादुर साउँद र ४२ वर्षीय दिल्ली बहादुर साउँद रहेका प्रहरी उपरीक्षक कोइरालाले बताए। उनीहरुलाई धानबारीमा लुकेको अवस्थामा शुक्रबार राती करिब १० बजेतिर डोटीको नारीदाङ भन्ने ठाउँबाट पक्राउ गरिएको कोइरालाले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याईएको र घटनावारे विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब ११ बजेतिर स्थानीय घोत्नेगडा सामुदायिक वनमा जंगली जनावरलाई मार्न सिकार खेल्ने क्रममा थापालाई गोली लागेको थियो । थापालाई गोली कसरी लाग्यो भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार