पछिल्लो समय दैनिक जसो अत्तरियाका होटलबाट जोडि समातिदै

धनगढी : कैलालीको अत्तरियाका होटलमा प्रहरीको नजर बढेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले पछिल्लो समय होटलमा हुने अनैतिक क्रियाकलाप रोक्ने अभियाननै चलाएको छ । इलाका प्हरी कार्यालय मालाखेती होटलमा हुने अनैतिक क्रियाकलाप रोक्न सक्रिय भएको हो । 

पछिल्लो समय दैनिक जसो अत्तरियाका होटलबाट जोडि समातिदै छन् । शुक्रबार मात्र गोदावरी नगरपालिका–१ मा रहेको पुजा होटलबाट अनैतिक कार्यमा संलग्न एक जोडी पक्राउ परेका छन्। ३६ वर्षीय एक पुरुष र २१ वर्षीया एक महिला पक्राउ परेका हुन्। अनैतिक कार्यमा संलग्न जोडिहरु यसैगरी पक्राउ पर्न थालेका छन्।

Dengue

इलाका प्रहरी कार्यालय मालाखेतीले आर्थिक वर्ष २०८०/८१ मा अत्तरियाबाट अनैतिक कार्यमा संलग्न ३० महिला र २८ पुरुषलाई नियन्त्रणमा लिएको अभिलेख छ। सो वर्षको अन्तिम तीन महिनाको अवधिमा मात्र १६ महिला २० पुरुष र एक जना तेस्रोलिङ्गी गरेर ३७ जना नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाका होटलहरुमा हुने अनैतिक काम जताततै भइरहेकाले प्रहरी यस्ता गतिबिधि रोक्न सक्रिय भएको हो । अयौन ब्यवसायबाट दैनिकि चलाउने देखी राम्रै परिवारका महिलापनि संलग्न भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आमा, छोरी समेत यौन धन्दामा लागेको पाइएको छ । हजुरआमा, आमा देखी छोरीसम्म यही पेषा अपनाइएको समेत पाइएको प्रहरीले बताएको छ । अशिक्षा, बेरोजगारी, श्रीमानबाट धोका पाएका र कतिपय देखासिकीमा परेर महिलाहरु यस्तो कार्यमा लागेको पाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार