श्रीमती हुदाँहुदै स्टाफलाई होटल लग्ने सेनानी पौडेलको जागिर चैट

काठमाडौँ। नेपाली सेनाका एक प्रमुख सेनानीको जागिर गएको छ। घरमा श्रीमती हुँदाहुँदै आफ्नै सहकर्मीलाई होटलमा बोलाएको काण्डमा दोषी पाइएपछि प्रमुख सेनानी विशेष पौडेल कारबाहीमा परेका हुन्। सैनिक अदालतले उनलाई सेवाबाट हटाउने फैसला गरेको बताइएको छ।

दुई महिना हिरासतमा बसेका उनलाई गत शुक्रबार सैनिक आचरणविपरीतको कसूरमा दोषी ठहर गर्दै अदालतले सेवाबाट हटाउने फैसला सुनाएको स्रोतले बतायो। कारबाहीस्वरुप जागिरबाट निकालिएको छ।

Seti Hospital

काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित होटलमा बोलाएको भन्दै महिला ब.का.सि (बन्दोबस्ती कार्य सिपाही) ले केही महिनाअगाडि उजुरी दिएकी थिइन्। त्यसलगत्तै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेलको परिवारमा श्रीमती, एउटा छोरा र एउटी छोरी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार