अरुण चौधरीलाई चिट्ठा: विद्याबाट माफी, रामचन्द्रबाट राज्यमन्त्री !

काठमाडौं : पूर्वराष्ट्रपति विद्या भण्डारीबाट आममाफी पाएका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीमा आवद्ध सांसद चौधरीलाई राष्ट्रपति पौडेलले शुक्रबार सरकारको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Dengue

कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवनियुक्त राज्यमन्त्री चौधरीले ०७९ फागुन ७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रजातन्त्र दिवसको उपलक्ष्यमा आममाफी पाएका थिए ।

तत्कालीन समयमा उनी १७ दिनदेखि कैलाली कारागारमा बन्दी जीवन बिताइरहेका थिए । चौधरीलाई अदालतले कैलालीकै लम्की–चुहा क्षेत्रमा २०६६ मा भएको ट्रयाक्टर आगजनीको घटनामा दोषी प्रमाणित गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार