घरको बार्दलीबाट लडेर ६५ वर्षीय वृद्धको मृत्यु 

धनगढी : डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अमरगढी नगरपालिका–८ टाँटर बस्ने ६५ वर्षीय गगन सार्की रहेका छन्।

घरको छानो बनाउने क्रममा घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएका गगनको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

SHIKHAR COOL TECH

उनी बिहीबार साँझ ६ बजे घाइते भएका थिए। उपचारका लागि डडेल्धुरा अस्पताल लग्दा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार