कंचनपुरमा मान्छे मार्ने बाघ उखुबारीबाट समातियो !

धनगढी : बुधबार देखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघ डार्ट गरी नियन्त्रणमा लिइएको छ ।

आज बिहान ९ः३७ बजे बाघलाई बेहोस गर्ने इन्जेक्सन लगाइएको हो। इन्जेक्सन लागेको बाघ अहिले नियन्त्रणमा आइसकेको नेपाल आर्मीका मेजर नवीन बोहराले बताएका छन् । उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिँदै छ । त्यसपछि कहाँ लग्ने भन्ने बारे छलफल गरेर टुङ्गो लाग्ने बताइएको छ ।

Dengue

उक्त नरभक्षी बाघकाे आक्रमणमा परेर बिहीबार बिहान १० बजे दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार