ग्याँस पड्किदा बझाङका ४ जना घाइते

धनगढी : भारतको बेङ्गलोरमा ग्याँस पड्किदा बझाङका ४ जना घाइते भएका छन । घाइते हुनेमा बेङ्गलोरको सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङको सुर्मा गाउँपालिका–२ का २१ वर्षीय नयन बोहरा, उनकी श्रीमती १९ वर्षीया सृजना बोहरा, १६ वर्षीया समीरा बोहरा र जयपृथ्वी नगरपालिका–११ घर भएकी सोनिया धामी रहेका छन् ।

राति सुत्ने समयमा ग्याँस बन्द गर्न भुलेर रेगुलेटर खुल्लै छोडेको र बिहान ७ः३० बजेको समयमा ग्याँस जलाउदा उक्त घटना घटेको स्थानीय दिपेश दमाइले बताए । घाइतेहरूको बेङ्गलोरको भिक्टोरीया अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार