बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

काठमाडौँ : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १५ का २० वर्षीय सञ्जय राजवंशी छन्।

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। राजवंशीले ती बालिकालाई मङ्गलबार दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार