खोलाले बगाएर चार वर्षीय बालकको मृत्यु

सिन्धुली : सिन्धलीको लाम्पान्टार गाउँपालिका ११ लुभुमा खोलाले बगाएर बालकको मृत्यु भएको छ ।

स्थानीय हाँडी खोलाले बगाउँदा कमल र बिमला तामाङको चार वर्षीय छोरा मन्जिल तामाङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै खोलामा खेलिरहेका बालक तामाङलाई बगाएर दोभानमा पुर्‍याएपछि स्थानीयले देखेर खबर गरेका थिए । बालकको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

Dengue

वर्षात्‌को समयमा खोलाखोल्सी वरपर बालबालिकाहरुलाई खेल्न जान नदिन प्रहरीले सबैमा अनुरोध गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार