चिसापानीमा पाँच युवाका विरुद्ध अपहरणको मुद्‍दा, २ जना पक्राउ ३ फरार

धनगढी : कैलालीको चिसापानी पितमारी क्षेत्रबाट अपहरणमा परेका लोकेन्द्र चौधरीसहितका पीडित पक्षले पाँच युवाका विरुद्धमा अपहरणको मुद्‍दा दर्ता गरेका छन्। लम्की प्रहरीमा पीडित पक्षले पाँच जना युवाको नामसहित अपहरण तथा शरीर बन्दकको निवेदन दर्ता गरेका हुन्।

निवेदन आएपछि लम्की प्रहरीले म्याद थप गरेर अनुसन्धान गर्दै छ। कैलाली प्रहरीले घटनामा सङ्लन्न रहेका पाँच जनामा दुई जनालाई पक्राउ गरेको छ। तीन जना फरार रहेका छन्। मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रमा गाडी चालक अनुराग चौधरी र सह–चालक लोकेन्द्र चौधरीलाई कुटपिट गर्ने तथा सह–चालक लोकेन्द्रलाई अपहरण गर्ने तीन युवा फरार भएका हुन्। सोमवार राति घटना स्थलबाट नारायण शाही पक्राउ परेका थिए। मङ्गलवार चिसापानी क्षेत्रबाट गोविन्द साउँद पक्राउ परेका हुन्। पीडितको निवेदनमा नाम समावेश भएकामा हेमन्त पौडेल, भावेश सापकोटा र सागर शाह फरार छन्। उनीहरूको खोजी कार्य जारी रहेको कैलाली प्रहरीले बताएको छ।

Seti Hospital

पितमारी क्षेत्रबाट अपहरणमा परेका गाडीका सह–चालक चौधरी दोस्रो दिन साँझ घर फर्किएका थिए। सोमवार रातिबाट स्थानीय युवाहरूको समूहले अपहरण गरेका लोकेन्द्र चौधरी मङ्गलवार साँझ घर फर्किएका हुन्। मङ्गलवार बिहान साढे ५ बजेको समयमा चौधरी युवाहरूको समूहबाट फुत्किएका थिए। उनी मोहन्याल गाउँपालिका–७ कसैनी क्षेत्रबाट अपहरणकारीबाट फुत्किएका हुन्। अपहरणकारीले उनलाई सुर्खेत लैजाने बताउदै थिए। अपहरणकारीहरू गाडी र पानीको खोजी गर्न थालेपछि लोकेन्द्र मोहन्याल गाउँपालिकाको राजकाँडा, नेपाली सेनाको गोराङ्गे ब्यारेक हुँदै घर पुगेका थिए। उनको निधारमा चोट छ। गाडीका चालक अनुराग चौधरीलाई समेत चोट लागेको छ। उनीहरूको लम्कीको लालरत्न अस्पतालमा उपचार भएको छ।

सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउँदै गरेको भे १ च ३७१४ नम्बरको गाडीका धनीराम चौधरी, चालक अनुराग चौधरी, सह–चालक लोकेन्द्र चौधरी र मीन माझीमाथि स्थानीय युवाहरूको समूहले आक्रमण गरेको थियो। उनीहरूलाई कुटपिट गर्दै गर्दा प्रहरी पुगेपछि केही युवाहरूले सह–चालकलाई सँगै लिएर गएका थिए। स्थानीय युवाहरूको समूहको ढुङ्गा प्रहारबाट चालक अनुरागको टाउकोमा चोट लागेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार