भारतको हिमाञ्चल प्रदेशमा अति ठुलो वर्षा, ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता

एजेन्सी : भारतको हिमाञ्चल प्रदेशको रामपुर र मन्डी नजिक अति ठुलो वर्षा हुँदा ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका छन् । ‘क्लाउडबस्र्ट’ अर्थात् अचानक स्थानीय प्रकृति र छोटो अवधिको अति ठुलो वर्षाका कारण ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै शिमलाको सरपारा पञ्चायतको समेज र मन्डीको टिकन क्षेत्रमा पनि अति ठुलो वर्षा भएको खबरमा उल्लेख छ । यसैबीच हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले एनडीआरएफ, एसडीआरएफ, प्रहरीलगातयको टोली खोजी र उद्धार कार्यमा जुटेको जानकारी दिए ।

Dengue

यस्तै अति ठुलो वर्षाका कारण कुल्लूको निर्मन्ड सबडिभिजनमा चार वटा मोटरेबल पुल भत्किएको छ । यो घटनालाई लिएर मुख्यमन्त्री सुक्खूले आपत्कालीन बैठक बोलाएका बीबीसी हिन्दीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार