पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुइ कलेज बिच समझदारी

काठमाडौँ : पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुइ कलेज नेपाल वस्टर्न एकेडेमी र युनिग्लोबल कलेज बिच समझदारी भएको छ। आज धनगढीमा पत्रकार सम्मेलन गर्दै दुई कलेजका प्रिन्सिपलहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

विद्यार्थी, अभिवाभक र सुदुरपश्चिमको समग्र शिक्षा क्षेत्रकोे राम्रो हुने गरी समझदारी सम्झौता भएको नेपाल वस्टर्न एकेडेमिका प्रिन्सिपल शैलेश सिंहले बताए। उनका अनुसार नेपाल वस्टर्न एकेडेमिका विधार्थीहरुलाई मास्टर डिग्री गर्न युनिग्लोबल कलेजले छात्रवृत्ति प्रदान गर्ने, रिसर्चमा दुई कलेजले समन्वय गरेर अगाडि बढ्ने र एउटा कलेजमा पढ्ने विद्यार्थीले अर्को कलेजमा पढ्न चाहे कलेज परीवर्तन गर्न मिल्ने जस्ता विषयमा सम्झौता भएको हो।

SHIKHAR COOL TECH

यस्तै युनिग्लोबल कलेजमा १२ ओटा अन्तराष्ट्रिय कन्फ्रेन्स आयोजना गरेकाे छ र यो कन्फ्रेन्सले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको युनिग्लोबल कलेजका प्रिन्सिपल डा. नर बहादुर बिष्टले बताए। यो सम्झौताले दुबै कलेजलाई फाइदा हुन्छ भने धनगढीका विद्यार्थीले काठमाण्डौ र काठमाण्डौका विद्यार्थीहरूले धनगढी आएर पढ्न सक्ने बिष्टले जानकारी गराए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार