पोखराको कपास उद्योगमा बिहीबार आगलागी, करिब २२ लाख रुपैयाँको क्षति

पोखरा : पोखरा महानगरपालिका- ३, तेर्सापट्टीस्थित पश्चिमाञ्चल कपास उद्योगमा बिहीबार आगलागी भएको छ। आगलागीबाट कपास, मेसिन र अन्य सामाग्री गरी करिब २२ लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बिहान करिब ११ बजे सुरु भएको आगलागी विद्युत सर्ट भई लागेको हुन सक्ने प्रहरीको अनुमान छ। आगो नियन्त्रण लिन करिब डेढ घण्टा लागेको थियो। स्थानीयसहित जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए।

Seti Hospital

पोखराको लेकसाइडमा बुधबार बिहान एक डिपार्टमेन्टल स्टोलमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार