धनगढी गाउँमा रहेको तौलाहा तालमा डुबेर एक वृद्धको मृत्यु

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा तालमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँका ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको हो । तौलाहा तालमा केही वर्ष अगाडि पनि नुहाउने क्रममा एक किशोरको मृत्यु भएको थियो । 

Dengue

धनगढी उपमहानगरपालिकाको कार्यालयले व्यवस्थापन गरेर पछिल्लो समय सो ताललाई पर्यटकीय क्षेत्रको रुपमा सञ्चालन गर्नका लागि निजी क्षेत्रलाई ठेक्कामा दिएको छ । 

स्थानीय व्यवसायीले नै ठेक्कामा लिएर त्यसमा माछा पालन र रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । यो ताल अहिले तौलाहा गार्डेनको रुपमा परिचित छ । साँझपख ताल क्षेत्रमा घुमफिर गर्नेको भीडभाड हुने गरेको छ ।

साँझ ताल परिसरमा प्रवेशका लागि प्रति वयस्क व्यक्ति १० रुपियाँ टिकट दर निर्धारण गरिएको छ । विहान र दिउँसो भने निःशुल्क रुपमा तौलाहा गार्डेनमा प्रवेश गर्न पाइन्छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार