काभ्रेको जंगलमा मानव कंकाल फेला

काठमाडौँ : काभ्रेको जंगलमा मानव कंकाल फेला परेको छ। बुधबार साँझ पाँचखाल नगरपालिका-६ तिनपिप्लेस्थित सामुदायिक वनमा मानव कंकाल भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त कंकाल स्थानीय २१ वर्षीय विजय श्रेष्ठको रहेको खुलेको छ। उनी असार १८ गतेदेखि हराइरहेका थिए। 

SHIKHAR COOL TECH

बुधबार जंगल गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। कंकालनजिक फेला परेको चप्पलका आधारमा विजयका बाबुले शव पहिचान गरेका हुन्। घटनाबारे काभ्रे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार