राजनीतिक सहभागितामा ‘अपाङ्गता कलस्टर’ समावेश गर्न नेत्रहीन युवा संघको माग 

भक्तराज जोशी

कैलाली । नेत्रहीन युवा संघ नेपालले अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता एवम् प्रतिनिधित्वको अधिकार सम्बन्धी सरकारलाई ध्यानाकर्षण गराएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै युवा संघले राज्यले अधिकार दिए पनि अधिकारबाट बञ्चित भएका अपाङ्गता भएको व्यक्तिको अधिकारप्रति सरकारको ध्यानाकर्षण गराएको हो । 

पत्रकार सम्मेलनमार्फत युवा संघले संवैधानिक व्यवस्थाका बावजुत पनि मतदाता नामावली दर्ता सम्बन्धी व्यवस्था, मतदाता शिक्षा, मतदान केन्द्र र मतदान गर्ने प्रक्रिया पहुँचयुक्त नहुनु लगायतका कारणले अपाङ्गता भएका व्यक्तिहरूले पूर्ण प्रभावकारी एवं स्वतन्त्र ढङ्गले निर्वाचन प्रक्रियामा सहभागिता जनाउन नसकेको जनाएको छ ।

Dengue

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्द सूचीमा उम्मेदवारको रूपमा सूचीकृत गरेको भए पनि संस्थागत एवं अवधारणागत अवरोधका कारण राजनीतिक दलहरू अपाङ्गता भएका व्यक्तिको समुदायका उम्मेदवारलाई प्रतिनिधि सभा एवं प्रदेश सभाको सांसदको रुपमा छनोट गर्न हिचकिचाउँदै आएको संघको भनाई छ । संघीय, प्रादेशिक एवं स्थानीय तहको व्यवस्थापिका संसद् एवं सरकारमा अपाङ्गता भएका समुदायको प्रतिनिधित्व नगन्य रहेको नेत्रहीन युवा संघ नेपालका केन्द्रिय महासचिवले अर्जुन रावलले बताएका छन् ।

उनले पत्रकार सम्मेलनमार्फत नै नेपालको संविधानको धारा ८४ र १७६ मार्फत अपाङ्गता भएका व्यक्तिलाई समानुपातिक निर्वाचनको बन्दसूचीमा समावेश गर्ने तर संसद् सदस्य चयन नगर्ने राजनीतिक दलको अभ्यास तत्काल अन्त्य गर्न माग गरेका छन् । 

साथै संघले संविधानमा रहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रणालीको व्यवस्थालाई कार्यान्वयन गर्न बनेको मौजुदा निर्वाचन ऐनमा संसोधनमार्फत अपांगताको क्लष्टर समावेश गरी बन्द सूचीबाट अपाङ्गता भएका व्यक्तिलाई संसद्‌मा अनिवार्य प्रतिनिधित्व गराउने नीतिगत व्यवस्था तत्काल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार