प्रेमिका लाई भेट्न गएका कञ्चनपुरका एक युवक मृत फेला

धनगढी: कञ्चनपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

मंगलबार राति वेदकोट नगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षीय प्रविन डगौरा मृत भेटिएको प्रहरीले जनाएको छ

Dengue

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले डगौरा टाउकोमा चोट लागेको अवस्थामा सडकमा मृत भेटिएको बताए ।

डगौरा मृत भेटिएको घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । प्रारम्भीक अनुसन्धानका क्रममा उनी राति आफ्नी प्रेमीकालाई भेट्न गएको तथ्य फेला परेको छ तर घटनाको कारण भने के हो ? भन्ने पत्ता लागिसकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार