एयर होस्टेजलाई दुर्व्यवहार काण्ड : नाबालक ओझा भन्छन् जिस्काउने मन लागेर जिस्काए !

धनगढी : श्री एयरलाईन्सको जहाजभित्र एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा धनगढी विमानस्थलबाट पक्राउ परेका गोदावरी नगरपालिका-१ का शिवराज ओझा नाबालक रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका मुद्दा शाखाका प्रहरी निरीक्षक उपेन्द्र बमले एयर होस्टेजलाई जिस्काएको भन्दै पक्राउ परेका ओझा १७ वर्षका मात्रै रहेका बताए । उनले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा जिस्काउने मन लागेकाले जिस्काएको प्रतिक्रिया दिएका छन् ।

Dengue

प्रहरी निरिक्षक बमका अनुसार उनले दुर्व्यवहार र जिस्काउने कुनै कारण बताएनन् । प्रारम्भिक सोधपुछका क्रममा मन लाग्यो जिस्काइदिए मात्र भनेका प्रहरी निरीक्षक बमले बताए । ओझालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार