सत्ता छाड्ने मुडमा सुदुरका मुख्यमन्त्री सोडारी

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विश्वासको मत नलिई सत्ता छाड्ने तयारीमा जुटेका छन् । विश्वासको मत लिने अन्तिम दिन नजिकिँदै गर्दा उनले सत्ता छोड्ने तयारी गरेका हुन ।

मुख्यमन्त्री सोडारीले साउन १८ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले संसदमा आफ्नो कुरा राखेर सरकार छोड्ने तयारी गरेको बताएका छन् । उनले केन्द्रका कारण प्रदेशमा जटिलता आएकाले सोही अनुसार आफू बाहिरिन लागेको बताएका छन् ।

Dengue

मुख्यमन्त्री सोडारीलाई एमाले संसदीय दलका नेता राजेन्द्र रावलले नै मुख्यमन्त्री बनाउन सिफारिस गरेका थिए । तर, केन्द्रमा सत्ता समीकरण परिवर्तन आएपछि एमाले असार असार १७ गते सरकारबाट बाहिरिएको थियो । एमालेले सरकार छोड्ने बित्तिकै सोडारी अल्पमतमा परेका थिए ।

सोडारीले एक महिना अल्पमतकै अवस्थामा सरकार लम्ब्याउँदा प्रदेशको नयाँ बजेट भने आउन सकेको छैन । जसका कारण साउन १ गते देखि प्रदेशमा आर्थिक गतिविधि ठप्प रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार