खोलामा आएको बाढीले ८ वटा पुल र जलविद्युत आयोजनामा पुग्यो क्षति

 धनगढी : भोजपुरको थुम्लुङ खोलाबाट सुरु भएको इर्खुवा खोला बाढीले ठूलो क्षति पुर्‍याएको छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको अध्यक्ष दौलथ राईका अनुसार बाढीले ८ वटा पुल र एउटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ ।

अध्यक्ष राईका अनुसार बाढीले स्थानीय बागवालुङ झोलुंगे पुल, दोभाने झोलुंगे पुल,  नागदह झोलुंगे पुल, गोथेबजार झोलुंगे पुल, टावुटार झोलुंगे पुल, निर्माणाधीन नागदह पक्की पुल, निर्माणकार्य सम्पन्न हुन लागेको तावुटार पक्की पुल र गौडेनी पक्की पुलमा क्षति पुर्‍याएको छ ।त्यस्तै इर्खुवा खोलाको बाढीले त्यहाँ बनिरहेको इर्खुवा हाइड्रोपावर पूर्ण रुपमा क्षति पुर्‍याएको अध्यक्ष राईले जानकारी दिएका छन् । बाढीले अन्य ३ हाइड्रोपावरमा पनि क्षति पुगेको उनले जनाए । ‘खोला किनारको वस्तिहरु प्रभावित भएको छ’, उनले भनेका छन् ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार