गोदावरी नगरपालिकाले रोप्यो धनगढी ६ लेन सडकमा नयाँ प्रजातिका विरुवाहरु

धनगढी : धनगढी ६ लेन सडकमा नयाँ प्रजातीका विरुवाहरु रोपिएको छ । कैलालीको गोदावरी नगरपालिकाले ६ लेन सडकमा यसअघि नरोपिएका नयाँ प्रजातिका विरुवाहरु रोपेको हो ।

नगरप्रमुख विरेन्द्र भट्टले पर्यावरणलाई स्वच्छ राख्नका लागि वृक्षारोपण अनिवार्य भएको बताए । उनले विगतदेखी नै नगरपालिकालाई स्वच्छ सहरका रुपमा विकास गर्ने अवधारणा रहेको बताए । ‘क्लिन गोदावरी, ग्रिन गोदावरीको अवधारणा हाम्रो पहिले पनि थियो र अहिले पनि छ’ उनले भने ‘यद्दपी यसको उचित व्यवस्थापन नहुँदा हामीले तत्काल त्यो अवधारणालाई अघि बढाउन सकिएको अवस्था थिएन, यसपाला चाँही हामी यो पाटोमा अघि बढेका छौ ।’

Dengue

उनले ६ लेन सडकमा तारजाली देखी लिएर सडकवत्ति सम्मको कार्यहरु चालु आर्थिक वर्षमा गर्ने योजना रहेको बताए । उनले सडक बत्तिका लागि विद्युत प्राधिकरणसँग करिब १८ महिनाअघि नै बजेट विनियोजन गरिसकिएको बताए । उनले हाल ६ लेनको डिभाईडरमा राखिएका ट्रि गार्डहरु भने सो क्षेत्रमा तारजाली लगाएसँगै बजारको पसल अगाडी सारिने बताए ।

उक्त क्षेत्रमा यसअघि ग्रिन प्लानेट नामक संस्थाले अन्य विभिन्न संघसंस्थाहरुको सहयोगमा बोटविरुवाहरु वृक्षारोपण गरेको थियो । तर ति लगाईएका बोटविरुवाहरुमध्ये मरिसकेका करिब ५० बढी बोटविरुवाहरु नगरपालिकाले वृक्षारोपण गरेको हो । नगरप्रमुख भट्टले रोपिएका बोटविरुवाहरुलाई यथावत राखेर नभएका स्थानमा र मरिसकेका बोटविरुवाहरुको स्थानमा नयाँ बोट वृक्षारोपण गरिएको बताए । जसमा कञ्जगुलाब, म्याङगो स्टिम, सिताअसोक, कपुर लगायत नपाईने खालका विरुवाहरु रोपिएको उनले बताए । ति विरुवाहरुले वातावरण शुद्ध बनाउन र सुन्दरता बढाउनमा सहयोग पु-याउने विश्वास लिईएको उनले बताए ।

नगरपालिकाले गरेको वृक्षारोपण कार्यक्रम एकदमै महत्वपुर्ण र राम्रो भएको नेपाली कांग्रेसका नगरसभापति विर बहादुर चोखालले बताए । उनले नगरपालिकालाई हरियालीका साथै रंगिविरंगी र पार्कको जस्तो नगरपालिका बनाउने कार्य गरिनु उचित भएको बताए । उनले रोपिएका बोटविरुवाहरुलाई गर्मी मौषममा सिँचाई तथा गोडमेल गरि संरक्षण गर्न सके अझै राम्रो हुने बताए ।

स्थानिय व्यवसायी हरि भट्टराईले प्लानेट ग्रिन नेपालले गरेको काममा संरक्षकको भुमिकामा रहेको नगरपालिकाले आफ्नो भुमिका जिम्मेवारीपुर्ण ढंगले वहन गरेको महसुस भएको बताए । ‘मरेका बोटविरुवाहरुको ठाउँमा रिप्लेस (परिवर्तन) गर्ने, गोडमेल गर्ने देखी लिएर आवश्यक ठाउँमा पानी दिने काम नगरपालिकाले गर्दै आईरहेको छ, उनले भने ‘संरक्षकको भुमिकाको हिसाबले नगरपालिका जिम्मेवारपुर्ण तबरले प्रस्तुत भएको छ, त्यसका लागि नगरप्रमुख सहितको टोलीलाई धन्यवाद दिन चाहन्छु ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार