बैतडीमा जंगली बँदेल आतंक : किसानले लागाएको बाली सखाप, रातभर जाग्राम बस्छन् स्थानीय

बैतडी : बैतडीको अधिकाँस स्थानमा जंगली बँदेलले आतंक नै मच्चाएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ का नागरिकको हरेक बर्ष गहुँ र मकै बाली सखाप नै गर्ने गरेको छ ।

बँदेलले मकै नष्ट गर्न थालेपछि यहाँको डैसिली, लदैली, सकार, कापडीका किसान चिन्तित छन्। बँदेल धपाउँदैमा किसानको समय बित्ने गरेको छ। ‘साँझपख बारीतिर पस्छ, रातभरी मकै खाएर बिहान जंगल छिर्छ’, चिउरीपाटीका किसान कृष्ण बोहरा भन्छन्, ‘बँदेलको बथान दिउँसै पनि बारीमा आइपुग्छ।’

Seti Hospital

देवा सिह विडारीले दुइ रोपनीमा मकै लगाएका थिए। अहिले विडारीको बारीमा एक घोगा मकै ठाढो छैन। ‘दारा निस्किएका भैंसी जत्रा माउ बँदेलहरु छन्। बच्चाहरु नै पाडापाडी जत्रा छन्। चाररपाँच वटा बच्चासहित आएका बँदेलले छिनभरमै मकै भसक्कै पारिदिन्छ’ बोहराले यथार्थ सुनाए।

वस्ती नजिकै जंगल छ। एउटा माउ बँदेलसँग ४र५ वटा बच्चा आउँछन्। दुधिलो मकै सोत्तर पारेर जान्छन्। दिउँसोको समसमा गाउँलेहरुले मिलेर ढुंगामुढा गर्छन्। तर रातको समयमा कताबाट छिर्छ पत्तै नहुने र एकै रातमा दुईरतीन रोपनी लगाएको मकै नष्ट गरिदिने कृषकहरुको भनाई छ ।

केही वर्षअघिदेखि कताकति मकै, गहुँ, तरकारीलगायत खेतीमा बँदेलले क्षति पुर्‍याए पनि यो वर्ष हुलका हुल नै आइपुगेको किसानहरुले बताएका छन्।

‘बँदेलबाट बाली जोगाउन स्थानीय किसानहरुले अनेकन उपाय अपनाएका छन्। कसैले बारीमा ठूलो आवाजले स्पीकर बजाएर छोड्छन् त कसैले थोत्रा कपडाहरु बेरे मान्छेजस्तै पुत्ला बनाएर ठाउँ ठाउँमा राखेका छन्। केही किसानले त मकै बारीमै छाप्रो हालेर पनि बसेका छन्।

बँदेलले धेरै क्षति पुर्‍याएको गाउँका किसानहरु त २ सातादेखि रातीको समयमा आगो बाल्ने, थाल ठटाउने, शंख फुक्ने, ठूलो आवाजले कराउने गर्दै रात बिताइरहेका छन्। ‘क्षति भएको त भइसक्यो, थप क्षति हुन नदिन छरछिमेकीहरु मिलेर जागाराम बस्ने गरिएको छ’ किसान धर्मराज भट्टराईले भने। डंसिलीका कृषकहरुको मुख्य आयश्रोत मकै बाली हो। मकैको अलवा खुर्सानी बालीमा पनि लडिबुडि खेल्ने, खाल्डो बनाउने गरेर बाली तहसनहस नै पारेको छ।

गुनासो सुनाउँदा स्थानीय सरकारका जनप्रतिनिधिहरुले जंगली वन्यजन्तुसँग केही गर्न नसकिने हलुका प्रतिक्रिया दिने गरेको किसानहरुले बताएका छन्।
स्थानीय निकाय र डिभिजन वन कार्यालयमा हरेक बर्ष राहतका लागि निवेदन दिएपनि कुनै सुनुवाई नभएको कृषकहरुको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार