श्रीलंकाविरुद्ध भारत सुपर ओभरमा विजयी, सिरिज गर्‍यो ‘क्लिन स्विप’

काठमाडौं : श्रीलंकाविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा भारत सुपर ओभरमा विजयी भएको छ । गएराति सम्पन्न खेलमा निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १ सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २ रन मात्र जोड्न सक्यो । तीन रनको लक्ष्य पछ्याउनेक्रममा कप्तान सूर्यकुमार यादवले पहिलो बलमै चौका हिर्काउँदै भारतलाई जित दिलाए ।  

Dengue

त्यसअघि भारतले दिएको १ सय ३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । उसका लागि कुशल परेराले ४६ रन, कुशल मेन्डिसले ४३ र पाथुम निशंकाले २६ रन बनाए । भारतका लागि वासिङ्टन सुन्दर, रवि विश्नोइ, रिंकु सिंह र सूर्यकुमार यादवले दुई/दुई विकेट लिए ।  

श्रीलंकाको पेल्लेकेले अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो । उसको लागि ओपनर शुभमन गिलले ३९, रियान परागले २६ र वासिङ्टन सुन्दरले २५ रन बनाए ।

श्रीलंकाका महिश थिक्क्षणाले तीन, वानिन्दु हसरंगाले दुई तथा असिथा फर्नान्डो, रमेश मेन्डिस र चामिन्दु विक्रमासिंघेले एक/एक विकेट लिए ।  

योसँगै तीन खेलको सिरिज भारतले ३–० ले ‘क्लिन स्विप’ गर्‍यो । यी दुई टिमले अब तीन खेलको एकदिवसीय सिरिज खेल्ने छन् । उक्त सिरिज शुक्रबारदेखि सुरु हुनेछ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार