धनगढीको एसपीए कलेजले पायो राष्ट्रिय स्तरको ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’

काठमाडौँ : धनगढी उप-महानगरपालिका वडा नं. २ सन्तोषी टोलमा अवस्थित एस.पी.ए कलेज राष्ट्रिय स्तरको ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान-२०८१’ बाट सम्मानित भएको छ । २०५६ सालमा स्थापना भई नेपालको गुणस्तरीय शिक्षामा सुदूरपश्चिम प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको भन्दै चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित गरिएको हो ।

चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबाट एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मान पत्र ग्रहण गरेका छन् । सम्मान पत्रमा भनिएको छ, ‘प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान् शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनीय योगदान गर्दै आइरहेको छ । भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल त्यस संस्थाले आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान् र नैतिक वान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस् भन्ने कामना गर्दै चन्द्रलोक प्रतिष्ठानको तर्फबाट उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान गरिएको छ ।

Dengue

‘ सम्मान ग्रहण गर्दै एस.पी.ए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले यो सम्मानलाई हामीले निकै ग्रहंगो उपहारका रूपमा ग्रहण गरेको बताउँदै अझै शिक्षा क्षेत्रमा अग्रणी भूमिका खेल्न हौसला र प्रेरणा मिलेको बताउँदै कलेज परिवार सबै कटिबद्ध भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गर्विलो शैक्षिक संस्था बनाउन प्रतिबद्ध भई लाग्ने बताए । ‘यो सम्मान एसपी कलेजको मात्रै नभई समग्र सुदूरपश्चिम बासीलाई सम्मान हो । एसपीए कलेजमा अध्ययनरत विद्यार्थी, कलेज सँग जोडिएका अभिभावक, प्राध्यापक एवं सम्पूर्ण कर्मचारीहरू को सम्मान हो ।’ उपाध्यायले भने ।

विशिष्ट अतिथि पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह के.सी रहेको उक्त कार्यक्रमको अध्यक्षता चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले गरेका थिए । एस.पी.ए कलेजले एस अघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार