बागमती प्रदेशका मुख्यमन्त्री लामाले विश्वासको मत प्राप्त गरे !

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत प्राप्त गरेका छन् । कूल ११० प्रदेशसभा सदस्यमा लामालाई कांग्रेस (३७) एमाले (२७) गरि ६४ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।

बागमती सरकार टिकाउन ५६ प्रदेशसभा सदस्यको समर्थन भए पुग्ने अवस्थामा लामाले ६४ प्रदेशसभा सदस्यको साथ पाएका हुन् ।

Dengue

प्रदेशसभाको बैठकमा उपस्थित कूल १०३ सदस्य मध्ये उनको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ । बैठकमा ७ सांसद अनुपस्थित भए । लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् ।

गत साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले ९ गते सपथग्रहण गरेर काम थालेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार