डडेल्धुरामा शिवशिखरका बचतकर्तालाई मार्टको सामान दिइने, ३१२ जनाले दिए आवेदन

डडेल्धुरा । डडेल्धुरामा शिवशिखर सहकारीका तीन सय १२ जना बचतकर्ताले मार्टबाट सामान लिने सहमतिका लागि आवेदन दिएका छन् । सो संख्याका साना बचतकर्ताले सहकारीले सञ्चालन गरेको गार्डेन मार्टबाट सामान लैजानका लागि अमरगढी नगरपालिकामा आवेदन दिएका हुन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूलाई मार्टबाट सामान दिने निर्णय गरेपछि उनीहरुले आवेदन दिएका हुन् ।

Dengue

समितिले समस्याग्रस्त घोषित शिवशिखर सहकारीका साना बचतकर्ताहरूलाई बचत फिर्ता बापत सहकारीले नै सञ्चालन गरेको मार्टबाट सामान दिने जनाएको थियो ।

असार ३० गते सूचना जारी गर्दै डडेल्धुराको अमरगढीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका साना बचतकर्ताहरुलाई आवश्यक प्रमाणसमेत १५ दिनभित्र आवेदन दिन आग्रह गरिएको थियो ।

उक्त सूचनाअनुसार आवेदन परेको अमरगढी नगरपालिकाका अधिकृत हेमन्तराज पन्तले बताए । उनले नगरपालिकाको सहकारी विभागमा आवश्यक प्रमाणसहित आवेदन आएको बताएका छन् ।

डडेल्धुरा जिल्लामा मात्रै शिवशिखर सहकारीका विरूद्ध एक हजार पाँच सय ४३ बचतकर्ताले रकम फिर्ताको माग गर्दै निवेदन दर्ता गरेका थिए । सबै निवेदकको दाबी रकमअनुसार ३१ करोड १६ लाख ७१ हजार तीन सय रहेको खुल्न आएको छ ।

यद्यपी उक्त सहकारीले डडेल्धुराबाट मात्रै भण्डै ४२ करोड निक्षेप संकलन गरेको भेटिएको छ । बचतकर्ताहरु भने सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएपछि समस्यामा परेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार