फोनमा ब्याक कभरको प्रयोग गर्नुहुन्छ ? यस्ता छन् खराबी

एजेन्सी : हामी अधिकांशले स्मार्टफोनमा कभरको प्रयोग गर्छौं । यसको ठूलो कारण भनेको फोनहरू ग्लास बडीको साथमा आउँछन्, जुन चिप्लिने र फुट्ने डर हुन्छ ।

यस्तो अवस्थामा सुरक्षाका लागि कभरको प्रयोग गरिरहेका हुन्छौं तर फोनमा कभर प्रयोग गर्दा हुने नोक्सान थोरै मान्छेहरूलाई थाहा छ । फोनमा धेरै समस्याहरू कभरको कारण नै आउँछन् । आज हामी तपाईंलाई फोनमा ब्याक कभर प्रयोग गर्दा पाँच नोक्सानहरूका बारेमा जानकारी दिदैछौं । 

Dengue

ब्याट्रीलाई खराब गर्न सक्छ

ब्याक कभरले तपाईंको फोनको ब्याट्रीलाई पनि प्रभाव पार्न सक्छ । जब तपाईं मोटो किसिमको ब्याक कभर लगाउनुहुन्छ, त्यस्तो अवस्थामा त्यो फोनको ब्याट्रीलाई चार्ज गर्दा ठीकसँग एड्जस्ट हुन सक्दैन र जसले गर्दा ब्याट्रीको प्रदर्शनमा कमी आउन सक्छ

वायरलेस सिग्नलको कमी

केही ब्याक कभरले वायरलेस सिग्नललाई बाधा पुर्याउन सक्छन्, जसले मोबाइल डाटा कनेक्शन र कलको गुणस्तरमा असर पार्न सक्छ ।

ब्याक कभरबाट संवेदनशील कम्पोनेन्टहरू खराब हुन सक्छन्

केही ब्याक कभरले मोबाइल डिभाइसका संवेदनशील कम्पोनेन्टहरूलाई असर पार्न सक्छन्, जस्तै जीपीएस, एनएफसी र वायरलेस कनेक्टिविटी । यस्तोमा, ब्याक कभरले यी कम्पोनेन्टहरूलाई बाधा पुर्याइरहेको छैन् भन्ने सुनिश्चित गर्नु महत्त्वपूर्ण छ ।  मतलब, ब्याक कभरले धेरै पटक तपाईंलाई नेटवर्कको समस्या देखाउन सक्छ र यसले कम्पोनेन्टहरूलाई पनि खराब गर्न सक्छ ।

हिटिङको समस्या

केही ब्याक कभरहरूले मोबाइल डिभाइसमा हिटिङको समस्या बढाउन सक्छन्, जसले स्मार्टफोनको प्रदर्शन निकै कम गर्छ । धेरै हिटिङले मात्र फोनको प्रदर्शन कम गर्दैन, बरु फोन र एपलाई पनि धेरै सुस्त बनाउन सक्छ । यस्तोमा, तपाईंले ध्यान दिनुपर्छ कि तपाईंले केवल सुरक्षाका साथ सही ब्याक कभरको चयन गर्नुहोस् वा फोनलाई बिना कभरको प्रयोग गर्नुहोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार