जापानको बेरोजगारी दरमा सुधार

टोकियो : जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६ प्रतिशतबाट सामान्य सुधार भई जुन महिनामा २.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ ।

एक वर्ष अघिको तुलनामा तीन लाख ७० हजारले  वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८.२२ मिलियन पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ ।

Dengue

मानिसहरूले स्वेच्छाले जागिर छाडी  नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जुन महिनामा ३.३ प्रतिशतले घटेर मौसमी वेरोजगारीमा समायोजित हुँदा १.७६ मिलियनमा पुगेको हो ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार मे महिनामा १.२४ रहेको जापानको रोजगार–आवेदक अनुपात जुनमा घटेर  १.२३  पुगेर लगातार तेस्रो महिनासम्म भएको यो गिरावटले प्रत्येक सय जना रोजगारी खोज्नेहरूको लागि १ सय २३ रोजगारी उपलब्ध भएको सङ्केत गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार