काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक ३५.५५ अकंले बढेको छ । एक दशमलव ३३ प्रतिशतले बढेको सेयर बजार २६९६.६५ विन्दुमा सीमित भएको हो ।
मंगलबार ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन उपसमहु ३९८.१७ अकंले बढ्यो । फाइनान्स १८३.३०, विकास बैंक १२४.०५ र हाइड्रोपावर १००.०६ अंकले बढ्यो । बैंकिङ, म्युचअल फन्ड, निर्जीवन बीमा र व्यापार उपसमूह घट्यो ।
कुल १८९ कम्पनीको सेयर मूल्य बढ्यो भने ४७ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । प्रोग्रेसिभ फाइनान्स लिमिटेड, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
एसियन हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले घट्यो ।कारोबार र रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल अघि रह्यो । हिमालयन रिइन्स्योरेन्सको ६० करोड १० लाख रुपैयाँको सेयर किनबेच भयो । शिवम् सिमेन्टको ३७ करोड ६७ लाख र सोल्टी होटलको ३६ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्