सुदूरपश्चिममा फैलियो स्क्रब टाइफस, ६२० जना संक्रमित

धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्लो सात महिनामा ६२० जनालाई स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।मुसामा रहने किर्नाको टोकाइबाट मानिसमा यो रोग देखा परेको हो ।

अहिले स्क्रब टाइफसको सङ्क्रमण बढी हुने सिजन नै रहेकाले धेरै जना यो रोगबाट ग्रसित भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताउनुभयो ।मान्छेहरू खेत, झाडीमा काम गर्न जाँदा यो रोग सार्ने किर्नाले टोक्ने गरेको जनाइएको छ । यसैगरी, जङ्गलमा गएको बेला किर्नाले टोक्ने सम्भावना अझ बढी हुने गरेको बताइएको छ ।

SHIKHAR COOL TECH

निर्देशनालयका अनुसार जनवरीदेखि हालसम्म स्क्रब टाइफसका सबैभन्दा बढी बिरामी २१५ जना डडेलधुरामा फेला परेका छन् । यसैगरी, अछाममा ११८, बैतडीमा ८३, दार्चुलामा ६०, डोटीमा४९ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । यस्तै, कैलालीमा ४९, बाजुरामा २२, बझाङमा १७ र कञ्चनपुरमा १२ जना स्क्रब टाइफसबाट सङ्क्रमित भएका छन् ।

जङ्गली मुसामा हुने किर्ना (माइट) को टोकाइबाट स्क्रब टाइफस मान्छेलाई लाग्ने गरेको जनाइएको छ । जोशीका अनुसार मुसालाई टोकेर किर्नाले स्क्रब टाइफसको ब्याक्टेरिया लिने गर्दछन् । त्यस्तो किर्नाले मान्छेलाई टोकेर ब्याक्टेरिया मान्छेमा सारेपछि स्क्रट टाइफस रोग लाग्ने गर्दछ । “घरमा हुने मुसाभन्दा पनि जङ्गलमा पाइने मुसामा रहेको किर्नाले टोकेमा स्क्रब टाइफस रोग लाग्ने गर्दछ।

स्क्रब टाइफस रोग लागेमा समयमा रोग निदानका लागि उपचार नभए बिरामीको मृत्युसमेत हुने गर्दछ । तर, समयमै उपचार गरेमा ५ देखि ७ दिनमा बिरामी निको हुने गरेको जोशीले बताउनुभयो । स्क्रब टाइफसबाट बिरामीको अकालमै मृत्यु हुन नदिनका लागि समयमै रोगको पहिचान र निदान आवश्यक रहेको बताइएको छ ।

मानिसलाई स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन अङ्गमा गडबडी तथा शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण देखिने गरेको जनाइएको छ । यो रोगको समयमै उपचार नगराएमा कलेजो, मिर्गौला, फोक्सो, मुटु लगायतका अङ्गमा सङ्क्रमण फैलेर बिरामीको मृत्यु समेत हुन सक्ने चिकित्सकको भनाइ छ ।

बच्ने उपाय

स्क्रब टाइफसबाट बच्न रोगको ब्याक्टेरिया सार्ने माइटहरुको सम्पर्कबाट टाढा रहनु नै सबैभन्दा उत्तम उपाय रहेको जनाइएको छ । यसैगरी, घर वरिपारि सफासुग्घर राख्नु पर्ने, जङ्गल, झाडीमा सकेसम्म नजाने, जानै परे शरीर ढाक्ने गरी कपडा लगाउनु पर्ने बताइएको छ । यसैगरी, हातमा पञ्जा र खुट्टामा लामो बुट लगाउन आवश्यक रहेको जोड दिइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार