धनगढी उमहानगरपालिकाले सञ्चालनमा ल्यायोे ‘बुक फ्री फ्राइडे’ कार्यक्रम

कैलाली : धनगढी उपमहानगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूले शुक्रबार किताब बोकेर विद्यालय नजानुपर्ने तर उनीहरू शुक्रबार पनि समयमै विद्यालय जान्छन् । किनकि शुक्रबार ‘बुक फ्री फ्राइडे’ भएकोले अतिरिक्त क्रियाकलाप गरेर उनीहरूको व्यवहारिक ज्ञान बढाउँदै आएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालमा “किताब बिहिन शुक्रवार” कार्यक्रम लागु भएको छ।

Dengue

यही शैक्षिक सत्रबाट सञ्चालनमा आएको यस कार्यक्रममा मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीका लागि “किताब बिहिन शुक्रवार” कार्यक्रम लागु भएको हो। विद्यालयका कक्षा ७ देखि १२ सम्मका इच्छुक विद्यार्थीलाई हरेक शुक्रवार मोबाइल, कम्प्युटर मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालिएको हो।

उपमहानगरपालिकाले काठमाडौंको गुरु इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँग सहकार्य गरेर हरेक शुक्रवार अतिरिक्त सिप सिकाउन थालेको हो।

“शिक्षा सिपसँगै रोजगारी, हाम्रो जिम्मेवारी” भन्ने अभियान अन्तर्गत गुरू ईन्स्टिच्युटले धनगढीसँग सहकार्य गरेर विद्यार्थीहरूलाई मोबाइल, ल्यापटप, डेस्कटप मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालेको गुरु ईन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड इन्जिनियरिङका कार्यक्रम संयोजक इन्जिनियर रोशन श्रेष्ठले बताए। उनले विद्यार्थी विदेशिने क्रम रहेकाले विद्यार्थीहरूले सिप सिकेर स्वदेशमै रोजगारी गर्न र स्वरोजगार बन्न सकुन् भनेर कार्यक्रम लागु गरिएको बताए।

गुरु ईन्स्टिच्युटले उपमहानगरसँग सहकार्य गरेर ठेकराज माध्यमिक विद्यालयमा यो वर्ष भरी इच्छुक विद्यार्थीहरूलाई हरेक शुक्रवार विद्यालयमै गएर सिप सिकाउने छ ।

तालिम सफल र प्रभावकारी देखिए अर्को वर्षदेखि धनगढीका अन्य सामुदायिक विद्यालयमा समेत कार्यक्रम लागु हुने भएको छ। यो वर्ष ठेकराज माध्यमिक विद्यालयका कक्षा ७ देखि १२ सम्मका ३० जना विद्यार्थीलाई तालिम दिन थालिएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बताए। उनले हरेक शुक्रवार ४ घण्टाका दरले एक वर्षसम्म विद्यार्थीहरूलाई तालिम दिइने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार