कैलालीमा युवाको समूहले जिप चालक र जिप धनीमाथि कुटपिट

धनगढी : कैलालीमा युवाको समूहले दाउरा बोकेको जिप नियन्त्रणमा लिएर चालक र जिप धनीमाथि कुटपिट गरेका छन् ।

सोमबार राति करिब ११ बजेतिर मोहन्याल गाउँपालिका-७ पितमारी खोलामा कचाली गाउँबाट दाउरा लिएर आउँदै गरेको गरेको भे १ च ३७१४ नम्बरको बोलेरो जिप नियन्त्रणमा लिएर चालक र जिप साहुमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

Dengue

कुटपिटबाट जिप चालक लम्कीचुहा नगरपालिका- ८ खग्रवार बस्ने २५ वर्षीय अनुराज चौधरी र रामबहादुर चौधरीमाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।

उनकाअनुसार कुटपिटबाट घाइते भएका चालक अनुराजको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने जिप साहुलाई सामान्य लछारपछार मात्र गरिएकाले धेरै चोट छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार