नेपाली सेनामा महिलालाई भर्ती गराएकै मैले हो : माधव नेपाल

काठमाडौं : नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महिलालाई सेनामा भर्ती गराउन आफूले पहल गरेको बताएका छन्।

मङ्गलबार अनेरास्ववियु काठमाडौँको कार्यक्रममा बोल्दै नेपालले मनमोहन अधिकारी सरकारका बेला आफू रक्षामन्त्री हुँदा महिलाहरूलाई सेनामा भर्ती गराएको दाबी गरे।

Seti Hospital

नेपाली सेनामा महिलालाई भर्ती गराउँदैनथ्यो । कुनै सांस्कृतिक कार्यक्रम देखाउनुपर्यो भने केटीको पोशाक लगाएर केटाहरुले आउनुपर्थ्यो । किन यस्तो भएको भनेर सोधेको हामी कहाँ एउटा पनि महिलाहरू सेनामा छैनन् भने । किन भनेर सोध्दा महिलाहरूले कहाँ युद्ध गर्न सक्छन् ।

बन्दुक समाउन सक्दैनन् भनेर ठान्दा रहेछन् । पूर्व प्रधानमन्त्री समेत रहेका उनले भने अनि मैले भने लिबियामा मुस्लिम देशमा महिलाहरू युद्धमा लडिरहेको पाइन्छ भने संसारका धेरै देशका महिलाहरू युद्धको मोर्चामा खटिएका पाइन्छन् भने नेपाली महिला कमजोर छैनन्। भर्ना गर्न सुरुवात गर्नुस् भने ।

महिलाको भर्ती सुरु गरिएपछि सेनाको सांस्कृतिक कार्यक्रममा महिलाको रोल महिलाले नै खेलेको र पुरुष आउट भएको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार